१८ असार २०८३, बिहीबार

सांसदको प्रश्न – सीके राउतलाई काखा र विप्लवलाई पाखा किन ?

फागुन २९, २०७५
सांसदको प्रश्न – सीके राउतलाई काखा र विप्लवलाई पाखा किन ?

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयबारे राष्ट्रिय सभामा सांसदहरूले चासो व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका रमेशजंग रायमाझीले एउटा समूहलाई काखा र विप्लव समूहलाई पाखा लगाउने निर्णय किन गरेको भनी प्रश्न गरेका हुन् । 

‘सरकारले हिजो मात्र विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गर्यो । योभन्दा केही दिन अगाडि देश टुक्र्याउँछु भन्ने सीके राउतलाई रातो कार्पेट ओछ्याएर भित्र्यायो । एउटालाई काखा र अर्कालाई पाखा किन गर्यो सरकारले ?’ उनले प्रश्न गरे । 

उनले शिक्षकको जागिर खोस्ने सरकारले निर्णय गरेकाले बेरोजगार युवा विप्लव समूहमा आकर्षित हुने चिन्ता व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्