०४ असार २०८३, बिहीबार

ट्रकको ठक्करले युवतीको मृत्यु

फागुन २९, २०७५
ट्रकको ठक्करले युवतीको मृत्यु

दमौली- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा बुधवार भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नं को स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर दिँदा भण्डारी घाइते भएकी थिइन् ।  

उनको दमौली अस्पतालमा उपचारको क्रममा बिहान ११ः२५ मा मृत्यु भएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । भण्डारी म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी हुन् । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्