१९ असार २०८३, शुक्रबार

सीके राउतसँगको सहमतिबारे कांग्रेसको प्रश्न– एन्टीबायोटिकले रोगको अन्त्य हुने कि रोगीकै ?

फागुन २९, २०७५
सीके राउतसँगको सहमतिबारे कांग्रेसको प्रश्न– एन्टीबायोटिकले रोगको अन्त्य हुने कि रोगीकै ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीके राउतको स्वतन्त्र मधेश गठबन्धनसँग भएको सहमतिको साझा व्याख्या गर्न माग गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमति सच्याउने या साझा रूपमा व्याख्या गर्ने सरकारसँग एक मात्र विकल्प रहेको बताएका हुन् । 

‘सीकेसँग भएको सहमतिको एन्टीबायोटिकको फरक–फरक रोगको व्याख्या भएको देखियो । यो एन्टीबायोटिकले रोगको अन्त्य हुने या रोगीकै अन्त्य हुने हो ?’ प्रवक्ता शर्माले भने । 

सहमतिको दोस्रो बुँदामा रहेको 'जनअभिमत' भन्ने शब्दलाई लिएर दुवै पक्षले आ-आफ्नो व्याख्या गरिरहेका छन् । सीके राउतका तर्फबाट यसलाई जनमत संग्रहको रूपमा व्याख्या गरे पनि सरकारले त्यसलाई अस्वीकार गरेको छ ।

सहमतिपछि पनि राउतका तर्फबाट पृथकतावादी गतिविधि भइरहेकोप्रति आफूहरूको ध्यानाकर्षण भइरहेको कांग्रेसले जनाएको छ ।

साथै कांग्रेसले नेत्रविक्रम चन्द विप्लवसँग वार्तामार्फत समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्