३० असार २०८३, मंगलबार

'पावरफुल' वडाध्यक्ष: काठमाडौँ पढ्न गएकी छोरीलाई अनमीको तलब

फागुन २९, २०७५
'पावरफुल' वडाध्यक्ष: काठमाडौँ पढ्न गएकी छोरीलाई अनमीको तलब

सुर्खेत- कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ५ का वडा अध्यक्षले शक्तिको दुरुपयोग गरेका छन् । वडा नम्बर पाँचका अध्यक्ष खडानन्द चौलागाईंले छोरी विमलालाई काठमाडौं पढ्न पठाएर अनमी पदमा तलब खुवाईरहेको खुलेको हो ।

यो प्रसंगबारे नगरपालिकाका मेयर जर्सी पाण्डेले आफुले थाहा नपाएको बताएपनि स्वास्थ्य चौकी इन्चार्ज रुपा भण्डारी, नगर स्वास्थ्य संयोजक रविन्द्र सेजुवाल, वडा अध्यक्ष चौलागाईंको मिलेमतोमा विमलालाई तलब खुवाइएको खुलेको हो ।

‘मेयरदेखि वडाअध्यक्ष तथा सबै कर्मचारीले गलत गरेका हुन,’ काठमाडौंमा रहेकी स्वास्थ्यचौकी इन्चार्ज रुपाले भनिन, ‘यसमा मेरो मात्रै दोष होइन, सबैको छ ।’ नगर स्वास्थ्य इन्चार्ज रविन्द्र सेजुवालले आफु अन्यत्रै व्यस्त भएकाले सो मुद्दामा ध्यान पुर्याउन नसकेको बताउँछन् ।

‘मलाई स्वास्थ्य चौकी इन्चार्जले केहि भन्नु भएन,’ उनले भने, ‘वडाअध्यक्षले भनेका कारण मैले तलब दिएको हुँ ।’ नगर स्वास्थ्यमा यस्तो मिलेमतो भई तलब खुवाएपनि अन्य त्यहीं काम गर्ने कर्मचारीले भने तलब खान पाएका छैनन् ।

‘विमलालाई तलब खुवाउनु हाम्रो गल्ती हो,’ उनले भने, ‘आगामी शुक्रवारसम्म विमलाले खाएको तलब म नगरको कोषमा जम्मा गर्न लगाउँछु ।’ उनले तलब खुवाएको खुलेपछि गल्ती स्वीकार्दै कारवाही गर्ने बताएका हुन् । उता, नगरप्रमुख जर्सी पाण्डेले आफु यस बारेमा बुझिरहेको बताए । ‘मैले यो के भएको हो बुझीरहेको छु,’ उनले भने, ‘आवश्यक कारवाहीका लागि मैले नगर स्वास्थ्यलाई निर्देशन दिइसकेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्