
सिरहा— सिरहाको लहान नगरपालिका २२ गम्हरिया गाउँस्थित राधेश्याम चौधरीको छोरी सुस्मा चौधरीको बिहेको तयारी चल्दै थियो । बिहे भोज खुवाउन उनको छिमेकी राजपति चौधरीको आगमनमा खानाका परिवार बनाइँदै थियो । खाना बनाउन प्रयोग गरिएको ग्यास सिलिण्डरमा एक्कासी आगो लाग्यो । आगोले राजपतिको घर जल्यो । जग्गा किन्न धान र चामलको बोरामा राखेको ९ लाख रुपैयाँ पनि जल्यो ।
‘म आफन्तको घरमा गएको थिएँ । आगलागीको हल्ला चल्यो’ उनले भनिन्, ‘हत्तार हत्तार आएँ । आफ्नै घरमा आगो लागेको रहेछ । धान चामलको बोरामा राखेको पैसा खोज्ने प्रयास गरें तर केही बचाउन सकिएन । हेर्दाहेर्दै अरानी भयो ।’ अन्नपूर्ण पाेस्टमा खबर छ।