प्युठान- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा बिहीवार नेपाल बन्दको आह्वान गरेको छ ।
बन्दको पूर्वसन्ध्यामै प्युठानका दुई स्थानमा शंस्कास्पद वस्तु फेला परेको छ । माण्डवी गाउँपालिका–३ देवीस्थान र स्वर्गद्धारी नगरपालिका-४ भिग्रीमा शंस्कासपद वस्तु फेला परेको प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए ।
प्रहरीले बिहान सडक निगरानीको क्रममा उक्त शंस्कासपद वस्तु फेला पारेको हो । नेपाली सेनाको समूहले उक्त शंस्कासपद वस्तुलाई नष्ट गरेको बुढाथोकीले जानकारी दिए । बन्दले प्युठानको जनजीवन प्रभावित पारेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, कलकारखाना, बजारसमेत बन्द भएको छ ।
नेता कार्यकर्ताको गिरफ्तारी, झुटा मुद्दा, कपिलवस्तुमा भएको गोली काण्ड, रोल्पा, कालिकोटलगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै आमहड्तालसहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ । महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेका छ ।
विप्लवको गतिविधिलाई मध्यनजर गर्दैे सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीको भनाइ रहेको छ । सोही नेपाल बन्दलाई लक्षित गरी प्युठान प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । बन्दलाई सफल पार्न विप्लव समूहले शंकास्पद वस्तु तथा बम राख्न सक्ने हुँदा सुरक्षा सर्तकता अपनाइएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
उता नेत्र विक्रम चन्द्र विप्लपले आजको बन्द असफल पार्न खोजेमा कडा प्रतिवादमा उत्रने जनाएको छ ।