
काठमाडौं, १ चैत — अफ्रिकाका कैयौं मुलुकहरू अझै पनि गरीबीको समस्याबाट ग्रस्त छन् । अफ्रिकालाई संसारका धनी देशहरूले थुप्रै सहयोग गर्ने गरेको भएपनि कतिपय मुलुकमा मानिसको जीवनस्तर दयनीय छ । आखिर अफ्रिका किन सधैं गरीब ?
यसको सबभन्दा ठूलो कारण भ्रष्टाचार हो । सबसहारा क्षेत्रका देशहरू नाइजेरिया, सोमालिया र युगाण्डा भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । सानासाना काम गराउन पनि त्यहाँ घूस खुवाउनुपर्छ । गैरकानूनी रूपमा आयात र निर्यात अनि कुशासनका कारण यी देशका सम्भ्रान्त त मोटाए तर अधिकांश जनता गरीबीमै बाँच्न बाध्य भए ।
अफ्रिका गरीब हुने अर्को कारण विदेशीहरूले धेरै उधारो दिएर पनि हो । विदेशीको आशामा बाँच्ने बानी परिसकेका अफ्रिकी अल्छी भएका छन् । ठूला देशले अफ्रिकालाई सक्षम बनाउनेभन्दा पनि सहायता दिने भिखारी जस्तो व्यवहार गर्दछन् । अनि अफ्रिकालाई पूर्ण रूपमा संगठित हुन नदिनलाई षड्यन्त्र पनि गरिरहन्छन् ।
एजेन्सीको सहयोगमा