काठमाडौं,१ चैत्र– हिजाब लगाउने मुस्लिम महिलाहरुमाथि युरोपियन कोर्ट अफ जस्टिसले युरोपियन कम्पनीमा रोजगारीको लागि प्रतिबन्ध लगाउन सक्ने बताएको छ ।
अदालतको पैmसलामा भनिएको छ ‘ कुनै राजनीति, दार्शनिक र धार्मिक प्रतिक स्वरुप लगाएपनि मान्छे चिनिने गरी लगाउनुपर्नेछ । यसको लागि अदालतले कर्मचारीलाई न्युट्रल पोशाक लगाउन भनेको छ ।
कोर्टका अनुसार कुनै ग्राहकको इच्छालाई लिएर कम्पनीले यस्तो फैसला गर्न नसकिने बताइएको छ । बेल्जियमको जीफोर एस नामक कम्पनीमा काम गर्ने महिलाले हिजाब लाएको कारण उनी कामबाट निकालिएकी छिन् ।
युरोपमा महिलालाई हिजाब लगाउन प्रतिबन्ध गरेको यो पहिलो नियम हो ।
बीबीसी