०४ असार २०८३, बिहीबार

इतिहास बनेको धूपघडीको तामाको सूई बेपत्ता, घडी भने ढुङ्गाले हानेर कुच्याइयो

चैत २, २०७५
इतिहास बनेको धूपघडीको तामाको सूई बेपत्ता,  घडी भने ढुङ्गाले हानेर कुच्याइयो

काठमाडौँ– घण्टाघरको सुई मिलाउनका लागि निर्माण गरिएको धूपघडी अहिले वेवारिसे अवस्थामा छ । धूपघडी त्रिचन्द्र कलेज परिसरमा रहेको घन्टाघरको दक्षिणतर्फ छ । सुईमा परेको घामका आधारमा समय थाहा पाउन घूपघडी प्रयोग गरिन्थ्यो ।  

तेस्रो राणा प्रधानमन्त्री वीर शमशेरले निर्माण गर्न लगाएको घन्टाघरको सुई बेलाबखत बिग्रिएपछि मर्मत गरिन्थ्यो र मर्मतपछिको सही समय जनाउन तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विदेशी धूपघडी त्यहाँ राख्न लगाएका थिए ।

इतिहास बनेको धूपघडीको तामाको सूई बेपत्ता छ भने घडीमाथि ढुङ्गाले हानेर कुच्याइएको छ । सो घडीले नेपालको समयमात्र जनाउँदैनथियो, काठमाडौँ र कलकत्ता, ग्रिनविच तथा मोन्ट्रियलबीचको समय फरक एवं हरेक महिनामा फरक पर्ने समयका बारेमा पनि जानकारी दिन्थ्यो ।  

नेपाल सरकारका अवकास प्राप्त सहसचिव प्रकाशराज पाण्डेले आफूहरू त्रिचन्द्र कलेजमा अध्ययन गर्दा धूपघडी हेरेर समय थाहा पाउने गरेको स्मरण गरे । “त्यसबेला सबैका हातमा घडी हुन्थेन” उनले भने, “घन्टाघरको सुई हेरेर समय थाहा पाउनुपथ्र्यो । घन्टाघरको घडीले ठिक समय जनाएको छ कि छैन भनेर धूपघडी हेथ्र्यौँ । ठ्याक्कै मिल्थ्यो ।”
काठमाडौँका पुराना रैथानेले धूपघडीलाई सौर्यघडी, सूर्यघडी वा छाँयाघडी पनि भन्ने गरेको पाइन्छ । चन्द्र शमशेरले सन् १९११ मा घन्टाघर सँगैको धूपघडी निर्माण गर्न लगाएका थिए । 
त्यहाँ संगमरमरमा ‘महाराज मेजर जनरल चन्द्र शमशेर जबरा’ ले धूपघडी राख्न लगाएको लेखिएको छ । पहिले घाम उदाएदेखि नअस्ताउञ्जेलसम्म धूपघडीमा समय हेर्न सकिन्थ्यो, तर अहिले सँगै निर्माण भएको मस्जिद र सडकपारिको प्रहरी भवनले गर्दा दिनभरिमा पूरा समयसम्म घूपघडीमा घाम पुग्न सक्दैन । 
पुरातत्वविद् प्रकाश दर्नालले हनुमानढोका दरबारको नासलचोक र भक्तपुर दरबारको तलेजु चोकमा पनि घूपघडी भएको बताउँदै ती मल्लकालीन भएको दावी गरे । स्वयम्भूमा पनि धूपघडी छ । गोरखापत्र दैनिकको पहिलो पृष्ठमा प्रकृति अधिकारीको बाइलाइनमा समाचार छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्