०२ असार २०८३, मंगलबार

पूर्वसभामुख ओनसरीको गुनासोः केपी ओलीले मलाई हेप्नुभयो

चैत २, २०७५
पूर्वसभामुख ओनसरीको गुनासोः केपी ओलीले मलाई हेप्नुभयो

काठमाडौं–पूर्वसभामुख ओनसरी घर्तिले अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफूलाई हेप्न खोजेको खुलासा गरेकी छिन् । 
नयाँ पत्रिकासँगको एक अन्तर्वार्तामा उनले भनेकी छिन्–सुशीला कार्कीलाई म आफैँ सहभागी भएको संवैधानिक परिषद्को बैठकबाट प्रधानन्यायाधीशमा सिफारिस भएको हेर्न चाहन्थेँ । यो कुरा मैले धेरैपटक प्रधानमन्त्री केपी ओलीजीलाई पनि भनेको थिएँ । त्यतिवेला म अलि अस्वस्थ भएँ, अस्पताल नै भर्ना हुनुपर्‍यो । पछि अप्रेसन नै गर्नुपर्‍यो । तर, कतै प्रचण्डजीले दोहोरो रोल खेल्नुभयो कि भन्ने आशंकाहरू उहाँलाई परेछ । कतै सुशीला कार्कीलाई प्रधानन्यायाधीश नबनाउन खोजेको त होइन भन्ने ढंगबाट पनि शंका गर्नुभएछ । म त एकदमै सोझो मान्छे । मैले बोलेका कुराहरू सोझो ढंगले नै बुझ्नुहुन्छ होला जस्तो लाग्थ्यो, तर त्यस्तो भएन । प्रधानमन्त्रीले नै मलाई हस्ताक्षर गर भनेर त भनेजस्तो लाग्दैन, तर उहाँका कर्मचारीहरूले चाहिँ भनेका हुन् । अध्यक्ष प्रचण्डले पनि अस्पतालमै आएर ‘हस्ताक्षर गरिदिनुस्’ भन्नुभएको हो । 

तर, तपाईंले भनेजस्तै मेरो स्वभावका कारण कतिपय कुरा मलाई पच्दैन, त्यो कुरा पनि एकदमै पचेन । किनभने, एक त म बिरामी भएर अस्पताल भर्ना भएकी छु । त्यसमाथि ओलीजीहरूले ‘बिरामी नै छैन, नाटक गरेको हो’ भनेर हल्ला चलाइरहनुभएको थियो । अर्को ‘यो सुशीलाको विरोधी हो’ भनेर पनि प्रचार गरिरहनुभएको थियो । मलाई हेप्न खोजे । मैले त्यस्तै महसुस गरेँ । 

salt training

कमेन्ट गर्नुहोस्