१३ असार २०८३, शनिबार

शान्तिपूूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेस नेता खाँणको आग्रह

शान्तिपूूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेस नेता खाँणको आग्रह

बुटवल– नेपाली कांग्रेसका कन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकार र सीके राउतबीच भएको सहमतिको आ–आफ्नो  व्याख्याले आशंका उब्जिएको बताएका छन् । राउत समूह सहमतिमा आउनुु सकारात्मक पक्ष भएपनि केही बुँदाहरूको फरक–फरक व्याख्याले जनतामा आशंका बढदै गएको भन्दै उनले दुवै पक्षको एउटै व्याख्या हुनुपर्ने बताए । 

नेपाल प्रेस युनियन, रुपन्देहीले शनिबार बिहान बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खाँणले राउत र सरकारले संबाद गरी एउटै धारणा र सहमति गरिएका बुँदाको एउटै व्याख्या गर्न आग्रह समेत गरे । ‘मुुलधारको राजनीतिमा नभएको शक्ति राजनीतिमा आउन सकारात्मक हो’, खाँणले भने, ‘जनअभिमत भनिएको छ । त्यसको अर्थ जनमत संग्रह हो भने, स्वीकार्य हुँदैन । जनकपुुरमा राउत गएपछि स्वतन्त्र मधेशको नारा लगाइयो त्यो पनि स्वीकार्य हुँदैन ।’

खाँणले विप्लवलाई पनि शान्तिपूूर्ण राजनीतिमा आउन आग्रह गरे । हतियार र द्वन्द्वको राजनीति मुलुकले थेग्न नसक्ने खाँणको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्