
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरबाट पक्राउ परेका छन् ।
केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्दै आएको छ ।
यसैक्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले उनलाई ललिलपुरस्थित डेराबाट पक्राउ गरेको हो । उनीलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।