२३ जेठ २०८३, शनिबार

भक्तपुरको दुवकोटबाट वीर अस्पतालको विस्तारित सेवा

चैत ३, २०७५
भक्तपुरको दुवकोटबाट वीर अस्पतालको विस्तारित सेवा

काठमाडौँ– वीर अस्पतालको विस्तार सेवा भक्तपुरको दुवकोटमा सञ्चालन गर्न तत्काल प्रक्रिया अगाडि बढाइने भएको छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नवनियुक्त उपकुलपति प्राडा देवनारायाण शाह (डीएन) शाहले यो जानकारी दिएका हुन् । 
उपकुलपति शाहले भने, ‘पदाधिकारी नहुँदा रोकिएको वीर अस्पतालको विस्तारित कार्य अब अगाडि बढ्ने छ ।’’सात महिनाअघिदेखि पदाधिकारीविहीन बनेको न्याम्सले उपकुलपति लगायतका पदाधिकारी पाएसँगै प्रक्रिया अगाडि बढ्ने भएको हो । 
प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सको उपकुलपतिमा शुक्रबार राति प्राडा शाहलाई नियुक्त गरेका थिए । यो खबर गोरखापत्र दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्