३० जेठ २०८३, शनिबार

ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

नवलपरासी– पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीस्थित खरकट्टा जंगलमा दुई ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बिग्रिएर रोकेको ट्रकमा गुडिरहेको ट्रक ठोक्किएको हो । 

मृत्यु हुनेमा दाङका १८ वर्षीय अनराम रुखाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका ३० वर्षीय सुदीप राई र २३ वर्षीय विनोद लामाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

बिग्रिएर रोकेर राखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक  ठोक्किएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्