२७ असार २०८३, शनिबार

इष्टर्न हाइड्रोपावरको शेयर खुला

इष्टर्न हाइड्रोपावरको शेयर खुला
सांकेतिक तस्वीर

भोजपुर- पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आइतवारदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रूपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ । 

प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरीद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिए । शेयर प्रभु बैंक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि १५ दिनसम्म खरीद गर्न सकिने अधिकृत राईले जानकारी दिए । 

हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले पत्रकार सम्मलेनमार्फत जनाएको छ । यो जलविद्युत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करीब रु एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्