
काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्च शहरमा अहिले आक्रोश र चिन्ताको लहर छाएको छ । शुक्रवार भयंकर आतंकवादी आक्रमणपछि शहरका डाक्टर, नर्स र मेडिकल स्टाफ लगातार घाइतेहरूको उपचारमा खसटएका छन् ।
शहरको मिडियाले पनि पूर्ण संवेदनशीलताका साथ स्थितिलाई सम्हालिरहेको छ । हुन त यो शहरले अनेकौं प्राकृतिक विपत झेलिसकेको छ तर यति ठूलो गोलीकाण्ड र एकैचोटि यति धेरै लाश छरपस्ट भएको कसैले पनि देखेको थिएन ।
गोलीकाण्डपछि क्राइस्टचर्च अस्पतालका सर्जन, डाक्टर र नर्सहरू लगातार घाइतेको सेवामा जुटेका छन् । घाउ र चोटले क्षतविक्षत शरीरलाई उपचार दिन र जिन्दगी बचाउन लगातार प्रयास भइरहेको छ ।
आइतवार पनि ३४ जना घाइते अस्पतालमा छन् । तीमध्ये १२ को हालत गम्भीर छ । घाइतेमध्ये चार वर्षीया आलिन अलसाती पनि छिन् । उनलाई अकल्यान्डको आईसीयूमा भर्ना गरिएको छ ।
क्राइस्टचर्च अस्पतालका चीफ सर्जन ग्रेग रोबर्स्टन गोलीकाण्डपछि पनि लगातार ड्युटीमा छन् । उनले अस्पतालको वातावरणका बारेमा भने, ‘डर र आक्रोशका भावहरू डाक्टर, सर्जन, नर्स र अस्पताल कर्मचारीमा छ । शुरूमा केही
निजी गाडीमा घाइतेहरू ल्याइए अनि त्यसपछि लगालग एम्बुलेन्समा भरेर शरीरहरू ल्याइए ।’
सन् २०१० र २०११ मा भयंकर भूकम्प आउँदा क्राइस्टचर्चमा १८० भन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यतिखेर पनि शहरको मेडिकल टीम तदारुकताका साथ उपचारमा खटिएको थियो ।
आतंकवादी आक्रमणसँग डील गर्नु भयावह अनुभव हो । ग्रेग रिचर्डसनले पनि यसलाई दोहो–याउँदै यसको मनोवैज्ञानिक असर शहरवासीहरूमा निकै गहिरो गरी पर्ने बताए ।
उनले भने, ‘भूकम्प त हामीहरूको नियन्त्रणको कुरा थिएन । तर अहिलेको घटनामा एक व्यक्तिले हाम्रा साथी र सहकर्मीमाथि गरेको क्रूरतामा विश्वास गर्नै सकिरहेको छैन ।’
एजेन्सी