×

NMB BANK
NIC ASIA

पोखरा- कास्कीको मादी गाउँपालिकामा बर्ड फ्लू संक्रमण भेटिएको छ । मादी गाउँपालिका-३ याङ्जाकोटमा स्थानीयले पालेका लोकल र गिरीराज जातका कुखुरामा बर्ड फ्लू संक्रमण भेटिएको हो ।

Muktinath Bank

मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेको कुखुरामा बर्ड फ्लू जीवाणु भेटिएको पशुपंक्षी रोग अन्वेषण कन्ट्रोल रुमका प्रवक्ता डा. कृष्ण न्यौपानेले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परियारले पालेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परीक्षणका लागि पठाउँदा बर्ड फ्लू भेटिएपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

याङ्जाकोटका स्थानीयले पालेका कुखुरा मर्न थालेपछि ५० नमूना संकलन गरी शंकास्पद नमूना परीक्षण गर्दा बर्ड फ्लू जीवाणु (भाइरस) एच ५ एन वानको संक्रमण देखिएको हो । 

Vianet communication

संकलन गरी नमूना परीक्षण गर्दा जीवाणु भेटिएपछि पुन: केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाउँदा समेत बर्ड फ्लू भाइरस देखिएपछि नियन्त्रणका लागि टोली परिचालन गरिएको न्यौपानेले जानकारी दिए ।

बर्ड फ्लू लागेको क्षेत्रमा चारकिल्ला लगाएर संक्रमित कुखुरा नष्ट गरिएको छ। सो क्षेत्रमा कुखुरा र दानाहरू आयात र निर्यात गर्नसमेत रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्की बर्ड फ्लू रोग नियन्त्रक कक्षका सूचना अधिकारी डा. गृष्म न्यौपानेका अनुसार आइतवार मन्त्रिस्तरीय निर्णयअनुसार तत्काल रोग नियन्त्रणका लागि पत्र प्राप्त भएपछि सोमवार बिहान प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको अध्यक्षतामा बैठक बसेको थियो । बैठकपछि संक्रमण कन्ट्रोल इञ्चार्ज डा. केदार राज पाण्डेसहितको टोली रोग नियन्त्रणका लागि खटिएका छन् । 

पोखराभन्दा पहिले मकवानपुर र काठमाडौंमा पनि बर्ड फ्लूको संक्रमण देखिएको थियो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x