०१ असार २०८३, सोमबार

लगानी सम्मेलनः तीन आकर्षक परियोजना प्रस्ताव

चैत ८, २०७५
लगानी सम्मेलनः तीन आकर्षक परियोजना प्रस्ताव

काठमाडौँ–आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधारका क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजनाको लगानीकर्ता समक्ष पेश गरिने भएको छ ।
आजको गोरखापत्र दैनिक लेख्छ–लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण (सेज) को प्रस्ताव तयार गरेको हो । 
देशलाई औद्योगीकरणका दिशामा लैजान राष्ट्रिय पुँजीमात्र पर्याप्त नहुने भएकाले तीनवटा महत्वपूर्ण आयोजना वैदेशिक लगानीका लागि प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव यमकुमारी खतिवडाले यी आयोजना दीर्घकालीन महत्वका रहेको दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्