
नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौत गर्ने भएको छ ।
१ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर हुने भएको हो ।
एमओसी नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र जापानका ४ वटा मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गर्नेछन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ– नयाँ भिषा श्रेणी अन्तर्गत आगामी अप्रिलदेखि वृद्धवृद्धा स्याहारसुसार, कृषि, निर्माणसहितका १४ वटा क्षेत्रमा १८ वर्ष उमेर पुगेका करीब ४ लाख विदेशी कामदार जापानले लैजानेछ । यसमा नेपालले पाउने कोटा भने तय भइसकेको छैन ।