३२ असार २०८३, बिहीबार

कांग्रेस वरिष्ठ नेता पौडेल ५ दिने पूर्व भ्रमणमा

कांग्रेस वरिष्ठ नेता पौडेल ५ दिने पूर्व भ्रमणमा

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पश्चिम नेपालका जिल्लाको १ हप्ता लामो भ्रमण सकेलगत्तै पूर्वका जिल्लाको भ्रमणमा निस्केका छन् ।

पौडेल सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायत विभिन्न जिल्लामा नेपाली कांग्रेसका कार्यक्रममा सहभागी हुनेछन् ।

पौडेलले चैतको ८ देखि १३ गतेसम्म पूर्वका जिल्ला भ्रमण गर्ने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । वरिष्ठ नेता पौडेलले चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

पौडेलले चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले चैत १० गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभामा सहभागी हुनुका साथै आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

चैत ११ गते सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुका साथै वरिष्ठ नेता पौडेल सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । 

वरिष्ठ नेता पौडेल चैत १२ गते कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर रात्री बास बस्न जनकपुर पुग्ने कार्यक्रम छ । १३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहीदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्