१२ असार २०८३, शुक्रबार

काँग्रेस नेता सिटौला आईसीयूमा भर्ना

काँग्रेस नेता सिटौला आईसीयूमा भर्ना

काठमाडौं– काँग्रेस पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला अस्वस्थ भएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार मण्डिखाटारस्थित हेम्स अस्पतालमा भर्ना गरिएको छ । 

काँग्रेस नेता भीमसेनदास प्रधानले सिटौला अस्पताल भर्ना भएको लोकान्तरलाई पुष्टि गरे । उनका अनुसार सिटौलाको हेम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । 

उपचारमा संलग्न चिकित्सकका अनुसार उनीमा हेमोग्लाबिनको कमी देखिएको छ । अस्पताल स्रोतले भन्यो, ‘उहाँमा हेमोग्लोबिनको कमी देखिएको छ, थप स्वास्थ्य रिपोर्ट आउने क्रममा रहेको छ।’
 

salt training

कमेन्ट गर्नुहोस्