०२ असार २०८३, मंगलबार

गण्डकी मेडिकल कलेज खुल्यो, मनमुटाव अझै हटेन

चैत ९, २०७५
गण्डकी मेडिकल कलेज खुल्यो, मनमुटाव अझै हटेन

पोखरा– डेढ महिना लामो गतिरोधपछि गण्डकी मेडिकल कलेज शुक्रबारबाट सञ्चालनमा आएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा बिहीबार काठमाडौंमा भएको सर्वपक्षीय वार्तामा कलेजले बढी लिएको शुल्क एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने सहमतिपछि कलेज खुलेको हो । यद्यपि विद्यार्थी र व्यवस्थापनबीचको मनमुटाव अझै हटेको छैन ।

कलेज पुनः सञ्चालन भए पनि शुक्रबार विद्यार्थी र शिक्षक फाट्टफुट्टमात्रै पुगेकाले पढाइ भएन । आगामी आइतबारदेखि कलेजका कक्षा पनि सुचारु हुने भएको छ । कलेजको कार्यवाहक प्रिन्सिपलको जिम्मेवारी प्रकाश बरालले पाएका छन् ।

गत शनिबारै विद्यार्थीहरूले तालाबन्दी खोले पनि कलेजको अस्पतालका सबै विभाग पूर्णरूपमा सञ्चालनमा आएका थिएनन् । त्रिवि पदाधिकारी, डिन, कलेज सञ्चालक, पीडित विद्यार्थी, विद्यार्थी संगठनबीच सहमतिपछि बिहीबार साँझबाट नै अस्पतालका सबै विभागमा चिकित्सक र कर्मचारी नियमित भएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्