
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनलाई पहिलो प्राथमिकतामा राखेर तयारीमा जुट्न सरोकारवालालाई आग्रह गर्नु भएको छ । सिंहदरबारमा शुक्रबार बसेको उद्योग वाणिज्य प्रवर्द्धन परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनमा जुट्न आग्रह गर्नु भएको हो ।
उहाँले मुलुक समृद्धि र विकासमा लगानी सम्मेलनको भूमिका महत्तवपूर्ण हुने चर्चा गर्नुहुँदै लगानी सम्मेलन सफल बनाउन सम्बद्ध निकायले मिलेर काम गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिका लागि व्यवस्थित बास, सुरक्षा र अन्य प्रबन्ध मिलाउन निर्देशन दिनु भयो ।, गोरखापत्रमा खबर छ ।