०६ साउन २०८३, बुधबार

पाकिस्तानी प्रधानमन्त्री इमरानको ट्विटमा मोदीको सन्देश

पाकिस्तानी प्रधानमन्त्री इमरानको ट्विटमा मोदीको सन्देश

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएको बताएका छन् । उनले पाकिस्तान दिवसका अवसरमा मोदीको तर्फबाट आएको शुभकामना सन्देशको स्वागत गरेका छन् । 

इमरानले ट्विट गर्दै पाकिस्तान दिवस दिवसका अवसरमा मोदीले पाकिस्तानी जनतालाई राष्ट्रिय दिवसमा बधाइ दिएको बताएका छन् । इमरानले लेखका छन्– ‘पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा म (नरेन्द्र मोदी) पाकिस्तानी जनतालाई मेरो तर्फबाट बधाइ तथा शुभकामना दिन चाहन्छु । यो यस्तो समय हो, चरमपन्थी हिंसाबाट मुक्त गराउन हिंसा मुक्त वातावरणमा लोकतान्त्रिक, शान्तिपूर्ण, प्रगतिशिल र समृद्ध क्षेत्रका लागि काम गर्नुपर्छ ।’

तर भारतीय पक्षले यसबारे पुष्टि गरेको छैन । पाकिस्तानले शुक्रबार राष्ट्रिय दिवस मनाएको हो । इमरानले मोदीले बधाइ दिएको दाबी गरेपनि शुक्रबार नै नयाँदिल्लीमा पाकिस्तान उच्चआयोगमा भएको कार्यक्रमममा पत्रकारलाई सहभागी नहुन भनिएको थियो । भारत सरकारले कार्यक्रम बहिस्कार गरेको भन्दै सहभागी नहुन भनिएको हो । विपक्षी पार्टी कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारसँग इमरानको दाबी ठिक भए नभएको बारे प्रश्न गरेको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्