काठमाडौं- निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र एक आयुक्तको पदावधि सोमबारबाट सकिँदैछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल पूरा भएको हो ।
आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेले यादव र शर्माले निर्धारित कार्यकाल पूरा गरेर अवकाश पाउन लागेको बताए । ‘उहाँहरुले चैत १० गतेसम्म कामकाज गर्नुहुनेछ, ११ गतेबाट अवकाश पाउनुहुनेछ’, उनले भने । दुवैजनाको नियुक्ति २०६९ साल चैतमा भएको थियो ।, कान्तिपुरमा खबर छ ।