०६ असार २०८३, शनिबार

आईपीएल : कोहलीको बैंगलोरमाथि धोनीको चेन्नईको सहज जित

आईपीएल : कोहलीको बैंगलोरमाथि धोनीको चेन्नईको सहज जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करण शनिबारबाट शुरु भएको छ । पहिलो खेलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सले जित निकालेको छ ।

चेन्नईले विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गरेको हो । टस जितेर बैंगलोरलाई बलिङको निम्तो दिएको चेन्नईले ७१ रनको लक्ष्य पाएको थियो । 

७१ रनको लक्ष्य चेन्नईले ३ विकेटको क्षतिमा भेटेको हो । चेन्नईले लक्ष्य १७.४ ओभरमा पूरा गरेको थियो ।  चेन्नईका सुरेश रैनाले आइपिएलमा ५००० रन पूरा गरेका छन् । 

आईपीएलमा आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ भने दोस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्ध दिल्ली क्यापिटल्स उत्रिने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्