२३ असार २०८३, मंगलबार

सीके राउतसँगको सहमतिबारे संसद्‍मा प्रधानमन्त्रीको प्रस्टोक्ति- जनमतसंग्रह किमार्थ सम्भव छैन

सीके राउतसँगको सहमतिबारे संसद्‍मा प्रधानमन्त्रीको प्रस्टोक्ति- जनमतसंग्रह किमार्थ सम्भव छैन
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको प्रश्नमा जनमतसंग्रहको कल्पना पनि गर्न नसकिने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा आइतवार हिउँदे अधिवेशन समापन मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सीके राउतसँग भएको सहमतिमा जनमतसंग्रहको कुरा कतै उल्लेख नरहेको जिकिर गरे ।

‘जनमत संग्रह कसैले भनेको छैन, अनौठो शब्दावली सिर्जना गरियो,’ प्रधानमन्त्री ओलीले भने, ‘जनमतसंग्रह सार्वभौम सम्पन्न जनताको अधिकार कुरा हो, यो त्याज्य हुँदैन, ग्राह्य हुन्छ, तर यो कतिबेला, के विषयमा, केका लागि भन्ने ‘हुन्न’ (हुन्छ) ।’

प्रधानमन्त्री ओलीले थपे– ‘सार्वभौमसत्ताको प्रश्नमा, राष्ट्रिय स्वाधीनताको प्रश्नमा, भौगोलिक अखण्डताको प्रश्नमा जनमतसंग्रहको कुरा कुनै राष्ट्रले कल्पना पनि गर्न सक्दैन । यस्ता प्रश्नमा जनमतसंग्रह किमार्थ सम्भव छैन ।’

विखण्डनका कुरा गर्नेहरूले आफ्नो बैठकमा राष्ट्रिय गान बजाउन थाल्दा पनि आफ्नो विरोध गरिएको गुनासो प्रधानमन्त्री ओलीले गरे ।

salt training

कमेन्ट गर्नुहोस्