२३ असार २०८३, मंगलबार

सरकारलाई कांग्रेसको सुझाव– नियन्त्रण होइन, विप्लवसँग वार्ता गरेर सहमति गर्नुस्

सरकारलाई कांग्रेसको सुझाव– नियन्त्रण होइन, विप्लवसँग वार्ता गरेर सहमति गर्नुस्
फाइल फोटो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भाषण गरेर नियन्त्रण गर्नुको सट्टा वार्ता गरेर नेत्रविक्रम चन्द 'विप्लव' समूहलाई सहमतिमा ल्याउन सुझाव दिएको छ । 

संसदको हिउँदे अधिवेशनमा समापन मन्तव्य राख्दै आइतवार नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले वार्ता गरेरै समाधान गर्न सरकालाई सुभाव दिएका हुन् ।

‘विप्लव समूहको बारेमा भन्नै पर्छ, जसरी प्रधानमन्त्रीज्यूले सीके राउतलाई सुटुक्क वार्ता गरेर सहमतिमा ल्याउनु भयो, जेलबाट मुक्त गरेर निर्मूल गर्नुभयो । विप्लवलाई पनि सुटुक्क वार्ता गरेर ल्याउनुस्, प्रधानमन्त्रीले ठूलो भाषण गरेर नियन्त्रण गर्ने कुरा ठीक होइन, वार्ता गरेर सहमति गर्नुपर्‍यो, ' गच्छदारले भने । 

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण नभएको बताउँदै भने, 'भ्रष्टाचार नियन्त्रण भयो भने वाइडवडी कहाँ गयो ? आकाशमा उडेर गयो ?'

गच्छदारले सरकार सदनबाट भागिरहेको आरोप लगाए । उनले भने, 'जब सदनमा प्रश्न उठ्छ, सरकार भाग्छ । सदनप्रति सरकार उत्तरदायी हुन सकेको छैन ।'

salt training

कमेन्ट गर्नुहोस्