
काठमाडौं– संवैधानिक परिषद्को बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री कार्यालाय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त सिफारिस गर्ने सम्भावना छ । निर्वाचन आयोग आइतबारदेखि नेतृत्वविहीन छ । प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव छ वर्षे दोस्रो कार्यकाल सकेर आइतबार अवकास पाएका छन् भने आयुक्त इला शर्मा पनि आइतबार नै अवकास लिएकी छिन् ।
संविधानअनुसार प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस संवैधानिक परिषद्ले गर्नुपर्ने व्यवस्था छ ।