×

NMB BANK
NIC ASIA

सार्वजनिक जग्गा मिचेर बनाइएको घर पोखरा महानगरले भत्कायो

चैत ११, २०७५

NTC
Premier Steels

पोखरा- पोखरा महानगरपालिकाले मापदण्ड विपरित बनेको भौतिक संरचनामा डोजर लगाएर भत्काएको छ । मापदण्ड विपरित बनाएका भौतिक संरचना हटाउन पटकपटक पोखरा महानगरपालिकाले गरेको आग्रहलाई अटेर गरेपछि सोमवार धारापानी मार्गमा रहेको यूवराज खतिवडाको घर भत्काईएको हो ।

Muktinath Bank

खतिवडाले सार्वजनिक जग्गा मिचेर घर बनाएकोले भत्काउन बाध्य भएको पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडानम्वर ५ का वडाअध्यक्ष धनबहादुर नेपालीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरले दिउँसो मापदण्ड विपरित निर्माण गरिएको संरचना भत्काउन डोजरसहित धारापानी मार्गमा पुग्दा शुरूमा स्थानीयले अवरोध गरेका थिए । स्थानीयको अवरोधपछि जिल्ला प्रहरी कार्यालयबाट एक हुल प्रहरी पुगेर सुरक्षा दिएपछि महानगरले मापदण्ड विपरित बनेको घर भत्काएको थियो ।


Advertisment
Nabil box
Kumari

घर भत्काउन डोजरसहित पुगेका वडाध्यक्ष धनबहादुर नेपालीले सामाजिक अभियन्ता रामबहादुर पौडेलसमक्ष स्थानीयले आक्रोश पोखेका थिए । नगर र जनपद प्रहरीसहित पुगे पनि स्थानीयको अवरोधका कारण थप प्रहरी झिकाएपछि संरचना भत्काइएको थियो ।

Vianet communication

घर भत्काउने क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले घरधनी खतिवडा र केही स्थानीयलाई नियन्त्रणमा लिएको छ । संरचनामा डोजर चलाइरहँदा स्थानीयले वडा सदस्य मन्जु केसीमाथि हातपात गरेका छन् ।

सार्वजनिक जग्गामा रहेका स्थानीयहरूले उक्त विवाद उच्च अदालत पुगेको र आगामी १३ गते पेशी रहेकाले त्यतिञ्जेलसम्म पर्खन आग्रह गरेका थिए ।

वडाध्यक्ष नेपालीले पटक–पटक भएको वार्तामा खतिवडाले आफै भत्काउने सहमति गरेपनि अटेर गरेका कारण डोजर चलाउन बाध्य भएको बताए । 'पटकपटकको आग्रहलाई अटेरी गरेपछि भत्काउनुको विकल्प थिएन,' उनले भने, ‘मिचाहा प्रवृत्ति विरुद्ध महानगरले कारवाही गरेरै छाड्छ । सार्वजनिक सम्पत्ति हडप्ने कसैलाई छाड्दैनौं ।'

कानून सबैलाई समान भएकोले पहुँचका भरमा कसैले पनि सार्वजनिक सम्पत्ति दुरुपयोग गर्न नपाउने उनको भनाई छ । घरधनी खतिवडा चाहिं आफूले किनेको जग्गामा घर बनाएको भन्दै रीसिवीका कारण महानगर आफूमाथि खनिएको गुनासो गरेका छन् ।

महिना दिन अघि खतिवडाको छेउनेरै रहेको संरचनामा डोजर लगाउँदा उनले त्यसपटक पनि आफै भत्काउने आश्वासन दिएका थिए । धारापानीको ढुंगेखोला क्षेत्रदेखि तल करीब १ सय २७ घर सार्वजनिक जग्गामा बनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x