२९ जेठ २०८३, शुक्रबार

आपराधिक सूचनाको विश्लेषणसम्बन्धी १० दिने प्रशिक्षण सुरु

चैत ११, २०७५
आपराधिक सूचनाको विश्लेषणसम्बन्धी १० दिने प्रशिक्षण सुरु

काठमाडौँ–इन्टरपोल महासचिवालयको आयोजना तथा इन्टरपोल नेपालको सहआयोजनामा आपराधिक सूचना विश्लेषणसम्बन्धी प्रशिक्षण आजदेखि काठमाडौँमा शुरु भएको छ । 

इन्टरपोल वातावरण सुरक्षाअन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुरु भएको १० दिने प्रशिक्षणमा प्रशिक्षकसहित १३ विदेशी र चार नेपाली प्रतिनिधिको सहभागिता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तालीममा चार नेपाली, दुई कम्बोडियन, दुई भियतनामी, तीन भारतीय, दूई मलेसियन, दुई थाई, एक बेलायती र एक फ्रेन्च नागरिकको सहभागिता छ । 

तालीममा वातावरण सुरक्षा, वन्यजन्तु, आपराधिक क्रियाकलापलगायत विभिन्न विषयमा अनुसन्धान कार्यमा सक्रिय रहेका सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको प्रहरीले जानकारी दिएको छ । फ्रान्सको लियोनमा रहेको इन्टरपोलको महासचिवालयमा हाल १९४ सदस्य राष्ट्र छन् । तालीममा वन्यजन्तु, जवलायु, वातावरण तथा अन्य क्षेत्रका आपराधिक क्रियाकलापका विषयमा सङ्कलित सूचनालाई कसरी विश्लेषण गर्ने र कसरी निष्कर्षमा पुग्ने भन्ने विषयमा तालीम केन्द्रित रहेको इन्टरपोल नेपालले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्