२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री सवार विमान ‘होल्ड’ प्रकरणः ‘कर्मचारी नै प्रमुख दोषी’

चैत १२, २०७५
प्रधानमन्त्री सवार विमान ‘होल्ड’ प्रकरणः ‘कर्मचारी नै प्रमुख दोषी’

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरणका क्रममा ‘होल्ड’ गरेको विषयमा छानविन गर्न बनेको समितिले नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाएको छ ।
मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै समितिले लापरवाही गर्ने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

गत फागुन २३ गते बिहीबार साँझ झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं अवतरण हुँदा विमान १५ मिनेटजति ‘होल्ड’ भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले समितिले प्रतिवेदन बुझाइसकेको बताए । 

उपाध्यायले त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरिएको बबताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्