२३ जेठ २०८३, शनिबार

‘कर्णाली नदीको मुख्यद्वार राक्षस ताल नभई मयुरको मुख हो'

चैत १२, २०७५
‘कर्णाली नदीको मुख्यद्वार राक्षस ताल नभई मयुरको मुख हो'

सुर्खेत- कर्णाली नदीको मुख्यद्वार तिब्बतको कैलाश मानसरोवर भन्ने गरिन्थ्यो । कतैकतै तिब्बतको राक्षस ताल हो भनेको सुनिएपनि वास्तविक कर्णालीको मुख्यद्वार तिब्बतको तिब्बती भाषामा माप्चा खाम्बा अर्थात नेपाली भाषामा मयुरको मुख मुख्यद्वार भएको प्रमाणित भएको छ ।

सोही ठाउँबाट नै कर्णाली नदीको शुरूआत भएको नदीबारे काम गर्ने नदी संरक्षण संघले जनाएको छ । नेपाल नदी संरक्षण संस्थाले दैलेख जिल्लाको आठबीस नगर पालिकाको वडा नं. ४ राकम कर्णालीमा नदीको किनारामा नदी सम्बन्धी तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन गर्दैछ । त्यसैको तयारी स्वरूप उक्त संस्थाले विभिन्न जानकारीमुलक गतिविधि गरिरहेको छ ।

संस्थाले १४ गते वीरेन्द्रनगरमा कार्यक्रम उद्घाटनपछि १५ देखि १७ गतेसम्म दैलेखको राकम कर्णालीमा विशेष सम्मेलन गरिने जनाएको छ । स्थानीय घण्टाघरमा आइतवारदेखि शुरू गरिएको नदीसँग सम्बन्धित फोटोहरू नविन बराल र रमेश भुषालले खिचेका हुन् । कर्णाली सरकारका प्रतिनिधि र नदीसँग सरोकार राख्ने संघ संस्था तथा आश्रित समुदायको सहभागितामा नदी व्यवस्थापन र संरक्षण सम्बन्धी वृहत छलफल गरिने हमयमेजकको भनाइ छ ।

कार्यक्रममा कर्णाली नदीको पारस्थितिक प्रणालीको पुनर्उद्धरण,जैविक विविधता संरक्षण तथा पुनः उत्थानको रणनीति तयार गरिने जनाइएको छ । सोही अवसरमा कर्णाली नदीको शिरदेखी अन्तिम बिन्दु गंगासम्मका विभिन्न तस्वीरहरू सोमवार प्रदर्शन गरिएको छ । कर्णाली नदीको मुख्य प्रवेशद्वार तिब्बती भाषामा ‘माप्चा खम्बा’ जसको नेपाली भाषा मयुरको मुख भन्ने स्थानबाट शुरू भएर भारतको गंगासम्म पुग्दाका केही ऐतिहासिक तस्वीरहरू प्रदर्शनका रूपमा राखिएको छ ।

प्रदर्शनीमा हुम्लाको हिल्सा नाका, तिब्बतको ताक्लाकोटलगायत कर्णालीका नागरिकहरूको जीवनशैलीसँग जोडिएका स्थानीय नागरिहरूका तस्वीर, माथिल्लो हुम्लाको जीवनशैली, कर्णालीको भौगोलिक परिवेशका तस्वीरहरू सुर्खेतको घण्टाघर पार्कमा प्रदर्शनीमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्