०८ साउन २०८३, शुक्रबार

पार्टीमा समस्या छ, सुधार्नुपर्छ : महामन्त्री कोइराला

पार्टीमा समस्या छ, सुधार्नुपर्छ : महामन्त्री कोइराला
फाइल फोटो

घोराही- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताएका छन् । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो । 

प्रेस युनियन दाङले बुधवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्टी अध्यक्षको बारेमा धेरै टीकाटिप्पणी आइरहेको भन्दै अध्यक्षले सबैलाई मिलाएर लैजान नसकेको हुँदा अब त्यो जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।  

'महामन्त्रीको हैसियतले मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु,' उनले भने, 'पार्टीमा केही समस्या छ, अलमल छ अब त्यसलाई संस्थागत रूपमा सफल पार्नुपर्छ ।' उनले अब आउने चुनावमा पार्टी एक ढिक्का भएर जनतामाझ जाने वचनबद्धतासमेत व्यक्त गरे । 

नेता कोइरालाले दुई तिहाइको वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको आरोप लगाए । उनले जनतामा जागेको आशा सरकारको कार्यशैलीका कारण निराशामा परिणत भएको बताए ।  

salt training

कमेन्ट गर्नुहोस्