०३ असार २०८३, बुधबार

देउवालाई प्रकाशमानको प्रश्नः के आधारमा संशोधन प्रस्ताव पारित हुन्छ भन्नुभयो ?

कात्तिक २०, २०७४
देउवालाई प्रकाशमानको प्रश्नः के आधारमा संशोधन प्रस्ताव पारित हुन्छ भन्नुभयो ?
काठमाडौं, २ पुस – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले देउवाले संविधान संशोधन प्रस्ताव पारित हुन्छ भन्दै हिँडे पनि त्यसलाई निष्कर्षमा पुर्‍याउन लागि नपरेको भन्द आलोचना गरे ।

उनले ‘सभापतिले केको आधारमा संशोधन प्रस्ताव पारित हुन्छ भनेर भन्नु भएको हो’ भन्दै प्रश्न समेत गरे । नेता सिंहले संविधान संशोधनको नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउने काम पार्टी नेतृत्वबाट हुन नहुने समेत सो क्रममा बताए ।

सिंहले कांग्रेसले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको दावी गर्दै संविधान कार्यान्वयनको नेतृत्व पनि आफनै पार्टीले गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्