०३ साउन २०८३, आइतबार

पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा

पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा

काठमाडौं– समाज कल्याण परिषद्को जग्गा भाडामा लगाउँदा भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने ५ लाख धरौटीमा रिहा भएका छन् । विशेष अदालत काठमाडौंले तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री न्यौपानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत अनियिमतता गरेको ठहर गर्दै अख्तियारले परिषद्का तत्कालीन अध्यक्षसमेत रहेका न्यौपानेसहित १४ जनाविरुद्ध गएको माघ २१ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीहरु विरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैया बिगो माग गरिएको छ । न्यौपानेको नेतृत्वमा २०६९ भदौ २० गते रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षको लागि फनपार्क मेला सञ्चालन गर्न दिने निर्णय गरेको देखिएको जानकारी अख्तियारले दियो ।

salt training

कमेन्ट गर्नुहोस्