०२ असार २०८३, मंगलबार

विराटचोककी रमिला राई हत्या प्रकरण: २६ दिनको प्रयासपछि कोशीमा शव भेटियो

विराटचोककी रमिला राई हत्या प्रकरण: २६ दिनको प्रयासपछि कोशीमा शव भेटियो

विराटनगर- सप्तकोशी नदीमा बुधवार भेटिएको शव आफ्नै प्रेमीद्धारा हत्या भएकी मोरङ बेलबारीकी २६ बर्षीया रमिला राईको भएको पुष्टि भएको छ । बेलबारीका स्थानीय नेता योगेन्द्र गुरुङले गत फागुन १७ गते हत्या गरी कोशीमा फालिएको भनिएको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाँधिएको अवस्थामा राईको शव कोशी ब्यारेजबाट फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा उनको शव खोजी शुरु भएको २६ दिनपछि फेला परेको केसीले बताए ।

कोशी ब्यारेजको पश्चिमतर्फ सप्तरीको गोवरगाढा नजिक शव फेला परेको थियो । कोशी व्यारेजबाट करीब ३ सय मिटर दक्षिणमा फेला परेको शव तिनै हत्या भएर फालिएकी महिलाको भएको प्रहरीको दाबी छ । स्थानीयले नदीमा बोराभित्र गह्रुङ्गो सामान जस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । डुङ्गाको सहयोगमा नदीबाट एक घण्टा समय लगाएर शवलाई किनारामा निकालिएको थियो । बोरा भित्रै हात खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्