०८ असार २०८३, सोमबार

एनएफपिजे नेपालले ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ को आयोजना गर्ने

एनएफपिजे नेपालले ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ को आयोजना गर्ने

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह 'एनएफपिजे नेपाल'ले ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ को आयोजना गर्ने भएको छ । बुधवार एक कार्यक्रममा ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ गर्ने एनएफपिजेले घोषणा गरेको हो ।

२०५३ सालमा स्थापना भएको, एनफएपीजे नेपालले अहिले आफ्नो स्थापनाको २२औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । यसै क्रममा देशभर विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकाहरूको क्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटो पत्रकार साथीहरूको उच्चमनोबल वृद्धिका लागि प्रोत्साहनस्वरूप फरक-फरक १५ विधामा नगद पुरस्कारसहित, ट्रफी, सम्मानपत्र प्रदान गर्न लागेको जनाएको छ ।

पेशालाई जीवनभर अंगालेर हाल निवृत्त जीवन व्यतित गरिरहेका अग्रज फोटोपत्रकारहरूलाई समेत सम्मान गरिने कार्यक्रम रहेको एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तले जानकारी दिए ।

यस्ता छन् अवार्डका विधा

१. लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५ - लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगतलामो समयदेखि सक्रिय रुपमाक्रियाशीलफोटो पत्रकार तथा लामो समय फोटोपत्रकारीतागरि हालनिवृत्त गुरुहरूमध्येबाट एकजनालाई प्रदान गरिनेछ। यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।

२. दैनिकजीवन फोटोपत्रकारिता विधा - समाजको दैनिक गतिविधिलाई फोटोको माध्यमबाट समाचारका रूपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।

३. खेलकुद फोटोपत्रकारीता विधा - यो विधाअन्तर्गत खेलकुदको क्षेत्रमा वर्षभरी उत्कृष्ट फोटो खिच्ने एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिनेछ ।

४. महिला फोटोपत्रकारिता विधा - महिला फोटो पत्रकारका रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला फोटो पत्रकारहरू मध्येबाट छनोट गरी एक जनालाई यो पुरस्कार वितरण गरिनेछ ।

५. पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधा - देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा गर्ने फोटो पत्रकारहरूलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ ।

६. आर्थिक फोटोपत्रकारिता विधा - व्यापार, व्यवसाय लगायतका क्षेत्रमा भइरहेका विभिन्न क्रियाकलापहरूको फोटो माध्यमबाट फोटो पत्रकारिता गर्ने एक उत्कृट फोटो पत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्नेछन् ।

७. राजनीतिक फोटोपत्रकारिता विधा - देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरूलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।

८. मनोरञ्जन फोटोपत्रकारिता विधा - देशको महत्वपूर्ण मनोरञ्जनात्मक गतिविधिलाई फोटोको माध्यमबाट फोटो पत्रकारिता गर्ने एकजना उत्कृष्ट पत्रकारहरूलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ । ९. प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधा - राजधानीबाहिर रहेर प्रदेश १ मा सक्रिय रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।

१०. प्रदेश २ उत्कृष्ट फोटोपत्रकारिता विधा - राजधानीबाहिर रहेर प्रदेश २ मा सक्रिय रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।

११. प्रदेश ३ उत्कृष्ट फोटोपत्रकारिता विधा - राजधानीबाहिर रहेर प्रदेश ३ मा सक्रिय रूपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूमध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।

१२. प्रदेश ४ उत्कृष्ट फोटोपत्रकारिता विधा - राजधानीबाहिर रहेर प्रदेश ४ 'गण्डकी'मा सक्रिय रूपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।

१३. प्रदेश ५ उत्कृष्ट फोटोपत्रकारिता विधा - राजधानीबाहिर रहेर प्रदेश ५ मा सक्रिय रूपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।

१४. प्रदेश नं. ६ उत्कृष्ट फोटोपत्रकारिता विधा - राजधानीबाहिर रहेर प्रदेश ६ 'कर्णाली'मा सक्रिय रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।

१५. प्रदेश ७ उत्कृष्ट फोटोपत्रकारिता विधा - राजधानीबाहिर रहेर प्रदेश  ७ 'सुदूरपश्चिम'मा सक्रिय रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्