×

NMB BANK
NIC ASIA

पोखरा-आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा फेवा महोत्सव हुने भएको छ ।

Muktinath Bank

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत २९ देखि वैशाख १ गते सम्म तीन दिने महोत्सव आयोजना गरिने भएको छ । गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई मध्यनजर गर्दै होटल संघको अगुवाईमा १६ औं फेवा नव वर्ष महोत्सवको आयोजना गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल तुल्याउन आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने हेतुले तीन दिने फेवा महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष विकल तुलाचनले बिहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार नेपाली कला संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको छ । महोत्सवमा विशेष गरी विभिन्न २५ प्रकारका खानाको स्वाद लिन पाइने छ ।

Vianet communication

सेफ एशोसियसनसँगको सहकार्यमा विभिन्न प्रकारका खानाहरूको महोत्सवमा व्यवस्था मिलाउन लागिएको अध्यक्ष तुलाचनले जानकारी दिए । 

संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखराका होटलको अकुपेन्सी उत्साहजनक नभएको बताउँदै महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने बताए ।

‘पर्यटकीय सिजन शुरू भएपनि होटलहरूमा अकुपेन्सी सन्तोषजनक छैन,’ उनले भने, ‘यस्तो अवस्थामा केही हदसम्म व्यवसायीलाई राहत मिल्ने छ ।’

नेपाली मौलिक संस्कृति र नेपाली खानालाई प्रवर्द्धन गर्दै महोत्सवलाई यसपटक नयाँ ढंगले सञ्चालन गर्न लागिएको पराजुलीले सुनाए ।

आयोजकले महोत्सवमा आयोजना हुने झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । 

यसैगरी आमा समूह बीचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ । सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ । 

नृत्य प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ पाउनेछन् । द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरूप क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ व्यवस्था गरिएको संघका महासचिव एवं प्रचार प्रमुख गणेशराज पहारीले जानकारी दिए । 

डुंगा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । पर्यटक दौड, डुंगा दौड, लोक दोहोरीका कार्यक्रम, बाल उद्यान र पप कन्सर्टजस्ता आकर्षण पनि महोत्सवले समेट्ने छ ।

महोत्सव सञ्चालन गर्न संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा विभिन्न २९ उपसमितिहरू गठन गरिएको छ । महोत्सव सम्पन्न गर्न ६५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x