०१ असार २०८३, सोमबार

आमाको सम्झनामा अक्षय कोष स्थापना

आमाको सम्झनामा अक्षय कोष स्थापना

धनगढी-कैलालीको घोडाघोडी नगरपालिका–१२ शिवपुुरका ३३ वर्षीय सुुनिल चौधरीले आफ्नी स्वर्गिय आमाको सम्झनामा अक्षय कोष स्थापना गरेका छन् ।
धनगढी उपमहानगरपालिका–१४ स्थित सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्न ३० हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुुन् । उनले आफ्नी स्वर्गिय आमा सुुन्दरी देवी चौधरीको नाममा विहिबार अक्षय कोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक जीतबहादुुर चौधरीले जानकारी दिए ।
प्रधानाध्यापक चौधरीको अनुसार स्थापना गरिएको अक्षय कोषको ३० हजार रुपैयाँ बैंक मुद्दती खाता खोलिने छ । बैंकबाट प्राप्त हुने ब्याज रकमबाट वर्षेनि विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ४ जना विद्यार्थीलाई छात्रबृति प्रदान गरिने जनाइएकाे छ । 
हाल वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा रहेका सुुनिल थारु लेखक संघ कैलालीका संस्थापक सदस्य पनि हुुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्