०४ असार २०८३, बिहीबार

राजस्व कार्यालयका नासु घुससहित रंगेहात पक्राउ

राजस्व कार्यालयका नासु घुससहित रंगेहात पक्राउ

भक्तपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुस लिएको आरोपमा नायब सुब्बालाई पक्राउ गरेको छ । 

राजस्व कार्यालय भक्तपुरको सङ्कलन शाखामा कार्यरत नासु सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु १५ हजार घुस लिएलगत्तै आयोग टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरीवृत्त जगातीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्