०४ असार २०८३, बिहीबार

पीडितको बिचल्ली, कोषमा भने २ अर्ब मौज्दात !

चैत १९, २०७५
पीडितको बिचल्ली, कोषमा भने २ अर्ब मौज्दात !

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात छ । तर, सरकारले बारा र पर्सामा हावाहुरीबाट परिवार गुमाएका र बिचल्लीमा परेकाका लागि सोमबार सो रकम पठाउन सकेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयबाट माग नभएकाले सो रकम नपठाएको जनाएको छ ।

‘कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम छ । गृह मन्त्रालयले माग गर्नासाथ रकम पठाउँछौं,’ प्रधानमन्त्री कार्यालयका लेखा शाखाका एक अधिकृतले भने । प्रधानमन्त्री राहत कोषमा रहेको सो रकम प्रधानमन्त्री कार्यालयले आफैं खर्च गर्न पाउँदैन । गृह मन्त्रालयमार्फत सो रकम दैवी प्रकोप क्षेत्रमा पठाउनुपर्ने कानुनी प्रावधान छ ।राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्