
काठमाडौं–न्यायपरिषद्को बैठक बसेको छ । सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश नियुक्तिको सिफारिसका लागि न्यायपरिषद्को बैठक बसेको हो ।
न्यायपरिषद्को सचिवालय रामशाहपथमा बसेको बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश सिफारिसबारे छलफल भइरहेको न्यायपरिषद्को सचिवालयले जनाएको छ । परिषद्ले सर्वोच्चमा रिक्त पाँचमध्ये दुई उच्च अदालतका न्यायाधीशमध्येबाट र तीन कानून व्यवसायीबाट सिफारिस गर्ने तयारी गरेको छ ।
कानून व्यवसायीमा भने राजनीतिक भागबण्डाका आधारमा गर्ने सहमति भइसकेको छ ।