१४ असार २०८३, आइतबार

बाराका हावाहुरी पीडितलाई ‘लभ स्टेशन’को ५० हजार सहयोग

बाराका हावाहुरी पीडितलाई ‘लभ स्टेशन’को ५० हजार सहयोग

काठमाडौं । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ यूनिटले बारा र पर्सामा हावाहुरीले पुर्याएको धनजनको क्षतिलाई लिएर दुःख ब्यक्त गरेको छ । 

फिल्मका अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले घटनाले आफूहरुलाई चिन्तित बनाएको बताउँदै हावाहुरी पीडितको दुःखमा मल्हम लगाउन सबैलाई आग्रह गरे । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच उनिहरुले हावाहुरी पीडितलाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरे । 

जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यवस्थापन कोष बारामार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । 

हावाहुरीबाट दीवंगत भएकाहरुप्रति श्रद्धाञ्जली र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता शाहीले सहयोगका लागि आफूहरुले निरन्तर पहल गर्ने पनि बताए ।  

उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको फिल्ममा प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्