०६ असार २०८३, शनिबार

हावाहुरी पीडितलाई ५ हजार थान त्रिपाल वितरण गरिने

हावाहुरी पीडितलाई ५ हजार थान त्रिपाल वितरण गरिने

काठमाडौं- नेपाल प्रहरी श्रीमती संघले बारा तथा पर्साका हावाहुरी प्रभावित क्षेत्रमा ५ हजार थान त्रिपाल वितरण गर्ने भएको छ ।

संघले आइतवार साँझ हावाहुरीले क्षति पुर्‍याएको बारा र पर्साका विभिन्न बस्तीमा त्रिपाल, खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्न लागेको हो । 

संघकी अध्यक्ष प्रमिला खनालले हावाहुरी प्रभावितलाई तत्काल राहतस्वरूप संघले उक्त सामग्री वितरण गर्न लागेको जानकारी दिइन् । 'खाद्यान्नलगायत सामग्री आजै बारा र पर्सा लगेर वितरण गर्छौं,' उनले भनिन् । विसं २०४१ मा स्थापना भएको संघले स्थापनाकालदेखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

हावाहुरी प्रभावितको उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट १९ विशेषज्ञ चिकित्सकसहितको टोली उपचारमा खटिएको छ ।  

यसैबीच सोमवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हावाहुरीबाट प्रभावित बारा र पर्साका विभिन्न बस्तीको अवलोकन गरेका थिए । अवलोकनको क्रममा महानिरीक्षक खनालले खोज, उद्धार र राहतमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

हावाहुरीबाट बारामा २६ र पर्सामा एकजनाको ज्यान गएको थियो भने ६०० भन्दा बढी घाइते भएका थिए । मृत्यु हुनेमा २३ नेपाली र चार भारतीय रहेको गृह मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्