०४ असार २०८३, बिहीबार

पाँच ब्रुमरले एक सातामा ९२ टन धुलो उठाए

चैत २०, २०७५
पाँच ब्रुमरले एक सातामा ९२ टन धुलो उठाए

काठमाडौं–काठमाडौंका सडकबाट एक सातामै ९२ टन धुलो संकलन भएको छ । गत बुधबारबाट काठमाडौं महानगरपालिकाका पाँच ब्रुमरले सडक सफा गरिरहेका छन् ।

 महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार राति ८ बजेदेखि बिहान ४ बजेसम्म ब्रुमरले सडक बढारिरहेका छन् । हालसम्म बानेश्वर, बालकुमारी, थापाथली, रत्नपार्क आसपास, पुतलीसडक, कलंकी र सोह्रखुट्टे क्षेत्रका सडक ब्रुमरले सफा गरेका छन् । संकलित धुलो टेकु ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिँदै आएको महानगरले जनाएको छ । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–ब्रुमरले करिब ६ सय किलोमिटर सडक बढारिसकेको महानगरको वातावरण प्रशासन महाशाखाकी प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्