०७ असार २०८३, आइतबार

संवैधानिक परिषद्माथि नै प्रश्नचिह्न खडा

चैत २०, २०७५
संवैधानिक परिषद्माथि नै प्रश्नचिह्न खडा

काठमाडौँ । निर्वाचन आयोगको प्रमुख आयुक्तको नाम सिफारिसको विषयलाई लिएर जुहारी चल्न थालेको छ ।

मंगलबार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा सदस्यहरूबीच यसै विषयमा जुहारी चल्यो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराई र कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीबीच त घोचपेच नै चल्यो ।

सांसद् भट्टराईले प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई सजिलो होस् भनेर नै परिषद बैठकमा नआएको हो हो कि भन्दै व्यङ्ग्य गरे । देउवा काठमाडौंमा भएर पनि परिषद बैठकमा नआएको नेकपाको आरोप छ ।

भट्टराइले बोलिसकेपछि बोल्ने पालो पाएका कांग्रेस सांसद कार्कीले संवैधानिक परिषदलाई ‘रबरस्टाम्प’ बनाउन खोजिएको आरोप लगाए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्