२५ असार २०८३, बिहीबार

एएफसी समूह चरणको पहिलो खेलमा मनाङ अबहानीसँग खेल्ने

एएफसी समूह चरणको पहिलो खेलमा मनाङ अबहानीसँग खेल्ने

काठमाडौं– एशियाली फुटबल महासंघ (एएफसी) कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले बुधबार पहिलो खेल खेल्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा मनाङले पहिलो खेलमा बङ्गलादेशी लिग बिजेता क्लब ढाका अबहानी लिमिटेडसँग खेल्नेछ । 

मनाङ र अबहानीबीचको खेल बुधबार दिउँसो हुनेछ । “घरेलु मैदानमा राम्रो खेल्ने छौँ”, मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने, “लिगको भन्दा टोली अहिले बलियो भएको छ, लिगमा भन्दा धेरै परिवर्तन छ, हाम्रो जित्ने लक्ष्य छ ।” प्रशिक्षक छिरिङले पहिलो खेल कठिन हुने भएपछि सुखद शुरुआत गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताए । 

बङ्गलादेशी टोली अबहानी निकै बलियो टोली हो । अबहानीसँग बङ्गलादेश राष्ट्रिय फुटबल टोलीका सात खेलाडी रहेका छन् । यस्तै कप्तान विराज महर्जनले टोली शारीरिक र मानसिक रुपमा बलियो रहेको बताए । “हामी जित्नका लागि खेल्छौँ, शारीरिक र मानसिक रुपमा हामी तयार छाँै ।  विपक्षी राम्रो छ तर हामी कडा टक्कर दिने छौँ,” विराजको भनाइ थियो ।

अबहानीका प्रशिक्षक मारियो लेमोसले पनि घरेलु टोलीसँग तीन अङ्कका लागि खेल्ने बताए । क्लबले दोस्रो चरण पुग्ने लक्ष्य लिएको कारण पहिलो खेल महत्वपूर्ण हुने उनको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्