२१ असार २०८३, आइतबार

उत्तर प्रदेशका ७ सीटमा मुसलमान उम्मेदवार उठायो कांग्रेसले, समस्यामा सपा–बसपा

उत्तर प्रदेशका ७ सीटमा मुसलमान उम्मेदवार उठायो कांग्रेसले, समस्यामा सपा–बसपा

काठमाडौं – आसन्न लोकसभा निर्वाचनमा समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) ले आफ्नो गठबन्धनबाट कांग्रेसलाई अलग्याएको भए पनि कांग्रेसको एक दाउले गठबन्धनको निद्रा खल्बल्याएको छ । 

कांग्रेसले उत्तर प्रदेशका सात सीटमा मुसलमान उम्मेदवार उठाएको छ । त्यहाँको कोर मुस्लिम भोटले गठबन्धनलाई नोक्सानी गर्न सक्ने सम्भावना छ । 

गठबन्धन दलहरूले कांग्रेसका तर्फबाट भाजपाविरुद्ध लडेको भन्ने बयान आए पनि वास्तवमा गठबन्धनलाई पराजित गर्नु नै उसको एजेन्डा रहेको आरोप लगाएका छन् । 

ती सात सीटमध्ये सहारनपुर र खीरीमा कांग्रेसले राम्रो प्रदर्शनको आशा गरेको छ । बदायूँमा कांग्रेसले सलीम शेरवानीलाई सपा प्रमुख अखिलेश यादवका भतिजा धर्मेन्द्र यादवविरुद्ध उतारेको छ । बदायूँमा लगभग १८ लाख मतदाता छन्  र तिनमा १५ प्रतिशत मुसलमान र ३० प्रतिशत यादव छन् । 

सूत्रहरूका अनुसार, दुई बलिया उम्मेदवारलाई एकअर्काविरुद्ध लडाउँदा मुसलमान भोट कांग्रेसतर्फ नै जाने सम्भावना रहन्छ । 

उता मायावतीको निकट रहेका बसपा नेता नसीमुद्दीन सिद्दीकी सन् २०१८ मा कांग्रेस प्रवेश गरेर यसपालि बिजनौरबाट चुनाव लड्दैछन् । त्यहाँ बसपा नेता मलूक नागरलाई टिकट दिइएको छ । रिपोर्टका अनुसार, उक्त निर्वाचन क्षेत्रमा ३० प्रतिशत मुसलमान छन् र भोट बाँडिने प्रबल सम्भावना छ । 

गठबन्धन सूत्रहरूले दाबी गरे, ‘कांग्रेसले गठबन्धनका लागि सात सीट छोड्ने हल्ला फैलाएको थियो तर महत्त्वपूर्ण सीटहरू आफैंसँग राख्यो । अझ तिनमा उसले मुसलमान उम्मेदवार उठायो । यो हेर्दा त गठबन्धनलाई अप्ठ्यारोमा पार्ने प्रयास नै हो । कांग्रेस साँच्चिकै गम्भीर हुन्थ्यो भने बदायूँ सीट किन नछोडेको ? हुन त यसले गठबन्धनलाई केही फरक पार्दैन तर बेकारमा मनमुटाव हुन्छ ।’

यसैबीच लोकसभा चुनावका लागि विभिन्न सीटमा उम्मेदवारको घोषणा जारी छ । उत्तर प्रदेश, बिहार र उत्तराखण्डका केही सीटमा प्रतिस्पर्धा रोमाञ्चक हुने छाँटकाँट देखिँदैछ । यी तीनै राज्यमा भाजपाले सन् २०१४ को आमनिर्वाचनमा विपक्षीलाई ध्वस्त पारेको थियो । तर बिहारमा महागठबन्धन र उत्तर प्रदेशमा सपा–बसपा–आरएलडीको गठबन्धनका कारण भाजपा उम्मेदवारले कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्