३१ जेठ २०८३, आइतबार

कांग्रेस–माओवादी र मोर्चा बैठक, सीमांकन बाहेकमा संशोधन बारे छलफल

कात्तिक २०, २०७४
कांग्रेस–माओवादी र मोर्चा बैठक, सीमांकन बाहेकमा संशोधन बारे छलफल
काठमाडौं, ३ चैत–प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको मधेसी मोर्चा र सत्तारुढ दलहरुको बैठक शुरु भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुरु बैठकमा संविधान संशोधन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
मधेसी मोर्चाले आफ्ना मागहरुको सम्बोधन नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समर्थन फिर्ता नलिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले हिजो मोर्चाका नेताहरुलाई सीमांकन बाहेकका विषयमा संशोधन गर्न आफूूले एमालेलाई मनाउने भन्दै मोर्चालाई पनि मान्न आग्रह गरेका थिए । तर मोर्चाका नेताले यसअघिका सहमति कार्यान्वयन नभएका कारण विश्वास गर्न नसकिने जवाफ दिएका थिए ।

आजको बैठक मार्फत प्रधानमन्त्रीले सोही प्रस्तावलाई थप प्रस्ट पार्न खोजेको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवासहित मोर्चाका तर्फबाट उपेन्द्र यादव, महेन्द्र यादवलगायतका नेताको सहभागीता रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्